काठमाडौं– चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरासी पूर्वस्थित गैँडाकोटमा भेटिएको शवको सनाखत भएको छ। गोलाघाटमा भेटिएको शव भारत बिहार घर भएका ३७ वर्षीय जयप्रकाश ठाकुरको पुष्टि भएको छ ।
जय प्रकाशका दाजु ओमप्रकाशले उनको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। ठाकुर बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार थिए।
यस्तै गैँडाकोट नगरपालिका–७ मा भेटिएको शव भारत बेतियास्थित मझेलिया थान घर भएका ३० वर्षीय सजाद अन्सारीको रहेको खुलेको छ। उनका दाजु मेराज हुसेनले सनाखत गरेका हुन्।
उनी बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा सवार थिए। शनिबार भेटिएको ३ वटा शव पोस्टमार्टम पनि आफन्तले बुझेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।