काठमाडौं– भारतबाट चिनी आयात गर्न १० उद्योगले अनुमति पाएका छन्।
भारतबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटा बमोजिम चिनी औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी आयात गर्न इच्छुक उद्योगीसँग आवेदन मागिएको थियो।
त्यसमधये १० उद्योगले अनुमति पाएको उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ। ललितपुरको एग्रो थाइ फुड र सुनसरीका गुडलाइफ वेभरेज, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाल प्रालि, क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रालि ले चिनी आयात गर्ने अनुमति पाएका छन्।
विराटनगरको शिवम डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रालि, झापाको केआरएस भेन्चर्स र पोखराको सुजल फुड्सले चिनी आयात गर्ने अनुमति पाएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।