काठमाडौं– सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस एमालेको मन्त्रालय घट्ने भएको छ। सहमति अनुसार दुवै दलले आजै मन्त्रालय र मन्त्री टुंग्याउनेगरी आन्तरिक गृहकार्य गरिरहेका छन्।
एमालेबाट सम्भावित मन्त्रीहरुमा अहिले ७ जनाको नाम देखिएको छ। विष्णु पौडेल, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ र विद्या भट्टराराई रहेका छन्।
यस्तै छविलाल विश्वकर्मा, पदम गिरी र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्रीको सम्भावित सूचीमा रहेका छन्। यद्दपि यीनै नाममा टुंगो भने लागिसकेको छैन। प्रधानमन्त्रीको शपथअघि टुंग्याउने गृहकार्य भइरहेको छ।
एमाले र कांग्रेस दुवैले प्रधानमन्त्रीको शपथसँगै मन्त्रीको पनि शपथ गराउने तयारी गरेका छन्। यता कांग्रेसको शेखर–गगन पक्षले पार्टीमा आएकामध्ये कम्तिमा चारवटा मन्त्रालय माग गरेको बताइएको छ।
शेखर कोइरालाको सचिवालय विशालनगरमा बसेको उक्त समूहको बैठकले आफ्नो समूहमा चार जनालाई मन्त्री बनाउनुपर्ने माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।