ओलीले ढाँटछल गरेको प्रचण्डको ब्रिफिङ, विश्वासको मतको पक्षमा मतदानका लागि सबै दल र स्वतन्त्र सांसदलाई आह्वान गर्ने माओवादीको निर्णय नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन्। उनले ओलीले ढाँट छल गरेर समीकरण फेरेको बताएका छन्।
बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद थालेको भनी बाहिर आएका समाचार गलत भएको प्रधानमन्त्रीले बताएको सञ्चारकर्मीलाई जानकारी गराए।
१७ गते ३ घण्टासम्म भएको कुराकानीमा सरकारको कामलाई सकारात्मक ढंगले अघि बढाउने सहमति भएको भएपनि देउवासँग गएर सहमति गरेको प्रधानमन्त्रीले बैठकमा बताएका छन्।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘१७ गते प्रचण्ड र ओलीबीच झण्डै ३ घण्टा कुराकानी भएको सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने काम भएको थियो। बाहिर आएका समाचार झूटा हुन्। दस्तखत गरिसकेपछि पनि ओली बिहान प्रधानमन्त्रीसँग भेटेर सामान्य भेटघाट भन्नुभयो। केपीजीले ३ जना नेता बसौं भन्नुभयो। मैले केपी जी ३ जना बसौं भन्दै हुनुन्छ के हो भन्दा शेरबहादुर देउवाले दस्तखत भइसक्यो सरी भन्नुभयो। ढाँट छल भयो।’
कांग्रेस एमालेबीचको सहमति सार्वजनिक गर्नुपर्नेबारे पनि बैठकमा कुरो उठेको छ।
संविधानको व्यवस्थाअनुसार विश्वासको मत फेस गर्ने त्यसका लागि सांसदहरूलाई ह्वीप जारी गर्ने र पक्षमा मत दिन सबै दल र स्वतन्त्र सांसदलाई आव्हान गर्ने निर्णय बैठकले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।