काठमाडौं– दैलेखको दुल्लु नगरपालिकास्थित वडा नम्बर १२ गौरीमा अबदेखि विवाह गर्ने जोसुकैले पनि विवाहअघि वडाको सिफारिस अनिवार्य गरिएको छ।
असार २१ गते बसेको वडा समितिको बैठकले साउन १ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको हो। वडा कार्यालयले असार २६ गते बुधबार सूचना जारी गर्दै निर्णयबारे जानकारी लिएको हो।
वडाध्यक्ष लिलाराम लम्सालद्वारा हस्ताक्षरित सूचनामा साउन १ गतेदेखि उक्त वडाभित्र विवाह गर्ने जोसुकैले अनिवार्य वडाको सिफारिस लिन निर्देशित गरिएको छ। सूचनामा यस्तो निर्णय लिनुको कारण भने खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।