काठमाडौँ- एक लाख रुपैयाँ घुस सहित नवलपरासी पश्चिमका कारागारका शाखा अधिकृत पक्राउ परेका छन्।
कारागार कार्यालय नवलपरासी पश्चिममा कार्यरत कारागार प्रशासक विनोदकुमार दत्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले आइतबार पक्राउ गरेको हो।
दत्तले कारागारमा काम गरेवापत पाउने सेवा-सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस लिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।
शाखा अधिकृत दत्तको साथबाट स्रोत नखुलेको अरु ५० हजार रुपैयाँ पनि बरामद गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।