काठमाडौँ- प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रविन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकद्वारा हस्ताक्षर गरियो।
सम्झौता अनुसार प्रभु बैँक लिका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।