काठमाडौं– नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन्।
नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन्।
ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन्।
नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन्। सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानडामा लिग खेलिसकेका छन्।
ऐरी यूएईको आईएल टी-२० लिगमा पनि रिटेन भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।