काठमाडौँ- सरकारले भारत र अमेरिका सहित ८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो।
पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी नेकपा एमालेको कोटाबाट भारतको लागि राजदूत सिफारिस भएका छन्। २०७७ मा रेग्मीलाई तत्कालीन केपी शर्मा ओलीको सरकारले बेलायतका लागि राजदूत बनाएर पठाएको थियो।
एमालेकै कोटाबाट चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत सिफारिस भएका छन्। स्व प्रधानमंत्री सुशील कोइरालाका विकास सल्लाहकार डा बिजन पन्त बेलायतका लागि राजदूतमा सिफारिस भएका छन्। गोरखा निवासी उनि माओवादी कोटाबाट सिफारिस भएका हुन्। ।
त्यसैगरी पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गरिएको छ। सिफारिस भएका ८ मध्ये ५ एमाले, एक माओवादी केन्द्र र २ जसपाको कोटाका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।