काठमाडौँ- टी-२० विश्वकपको अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्ध पाँच विकेट गुमाएको छ। जारी खेलको ड्रिंक ब्रेकअघि नेपालको पाँच विकेट पतन भएको हो।
पाँचौं विकेटको रुपमा सन्दीप जोरा १ रन बनाएर आउट भएका हुन्।
नेपालले १० ओभरमा ५ विकेटको क्षतिमा ४३ रन बनाएको छ। बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ। समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।