काठमाडौँ- युरो कप २०८४ को आइतबार मध्यराति सम्पन्न खेलमा इंग्ल्यान्डले सर्वियालाई १-० गोलले पराजित गरेको छ। खेलमा जुड बेलिङह्यामले एक मात्र निर्णायक गोल गरे।
२० वर्षीय खेलाडी बेलिङह्यामले बुकायो साकाको पासमा १३औँ मिनेटमा गोल गरेका थिए। यो जितसँगै इंग्ल्यान्ड समूह सीको अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ।
यसअघि आइतबार राति भएको समूहको अन्य खेलमा डेनमार्क र स्लोभानियाले १–१ को बराबरी खेलेका थिए।
क्रिस्टियन एरिक्सनले डेनमार्कलाई पहिलो हाफमा अग्रता दिलाए पनि ७७ औँ मिनेटमा एरिक जान्जाले स्लोभानियाका लागि बराबरी गोल फर्काएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।