काठमाडौँ- आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशले नेपाल विरुद्ध खराब प्रदर्शन गरेको छ। बुधबार जारी खेलमा बंगलादेशले १६ ओभर भित्र ८ विकेट गुमाइसकेको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले राम्रो प्रदर्शन गरिरहेको छ। नेपालका सन्दीप लामिछानेले बंगलादेशको विकेट लिएका छन्।
टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको यो ९९औँ विकेट हो। उनले तान्जिम हसन साकिबलाई ३ रनमा आउट गरे। बंगलादेशले १८.४ ओभरमा ८ विकेटको क्षतिमा ८७ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।