एजेन्सी-क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जी–७ नेताहरूको अर्को शिखर सम्मेलन क्यानडाको कानानस्किस अल्बर्टामा सन् २०२५ मा आयोजना गर्ने घोषणा गरेका छन्।
क्यानडाले शिखर सम्मेलन सातौँ पटक आयोजना गर्नेछ । रकी माउन्टेनहरूमा मनोरञ्जन र पर्यटनको लागि प्रख्यात कानानास्किस क्यालगरीबाट ७५ किलोमिटर पश्चिममा छ ।
क्यानडाले सन् २००२ मा जी–७ को २८ औँ शिखर सम्मेलन आयोजनासमेत गरेको थियो । उक्त शिखर सम्मेलनको अन्तिम विज्ञप्तिमा मा रूस समूहको वास्तविक पूर्ण सदस्य बन्ने घोषणा गरिएको थियो ।
सन् २०१८ मा क्यानाडाले आयोजना गरेको अन्तिम जी–७ शिखर सम्मेलन विवादित बनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त बैठकपछि ट्विट गर्दै नेताहरूको सन्देशलाई समर्थन नगर्न आफ्ना प्रतिनिधिहरूलाई निर्देशन दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।