काठमाडौं- टी–२० विश्वकपमा समूह डी अन्तरगतको खेलमा श्रीलंकाले बंगलादेशलाई १ सय २५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको हो ।
बंगलादेशका रिसाद होसेनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए । मुस्तफिजुर रहमानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै, तास्किन अहमदले २ विकेट लिए ।
श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले सर्वाधिक ४७ रनको योगदान दिए । उनले २८ बलमा ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, धनञ्जय डी सिल्भाले २६ बलमा २१ रन बनाए । चरिथ अशलंकाले २१ बलमा १९ रन जोडे ।
भेटरान खेलाडी एन्जेलो म्याथुजले १९ बलमा १६ रन बनाए भने कुशल मेन्डिसले ८ बलमा १० रनको योगदान दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।