काठमाडौं– अमेरिका र वेष्ट इन्डिजमा जारी टी-२० विश्वकप क्रिकेट अष्ट्रेलियाले ओमानलाई पराजित गरेको छ।
बिहीबार बिहान भएको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो।
अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो। ओमानका आयान खानले ३६, मेहरान खानले २७, अकिब इलियासले १८ र शकील अहमदले ११ रनको योगदान दिए।
बलिङमा अष्ट्रेलियाका मार्कस स्टोनिसले ३, मिचेल स्टार्क, नाथन एसिस र एडम जाम्पाले २-२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पारेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।
अष्ट्रेलियाका मार्कस स्टोनिसले ६६ र ओपनर डेभिट वार्नरले ५६ बनाएका थिए। बलिङमा ओमानका मेहरन खानले २, कलीमुल्लाह र विलाल खानले १-१ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।