काठमाडौं- सरकारले ऊर्जा क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ।
मंगलबार संघीय संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षमा ऊर्जा क्षेत्रलाई सो बजेट विनियोजन गरेको बताए।
यस्तै अर्थमन्त्री पुनले जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउने, विद्युत्को पहुँच बढाउने र विद्युत् खपत बढाउने घोषणा गरे। उक्त लक्ष्यलाई पूरा गर्नका लागि ५० अर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।