काठमाडौं—शुक्रबार मध्यान्ह नेपालको सबैभन्दा व्यक्त विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल करिब एक घण्टाका लागि बन्द भयो।
धावनमार्गको पिच उप्किएपछी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै एक घन्टा अवरुद्ध भएको हो। विमानस्थलका प्रवक्ता सुवाष झाका अनुसार, धावनमार्गको चार्ली र डेल्टा ट्याक्सीवे सेक्सनको मध्यभागमा अलकत्रा र गिट्टी उप्किएपछि उडान बन्द गरिएको थियो।
धावनमार्गको पिच उप्किएपछि झन्डै १ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
धावनमार्गमा अवतरण गर्ने जहाजले टावरलाई पिच उप्किएको जानकारी गराएपछि काठमाडौं विमानस्थलले सबै उडान रोकेको हो।
मर्मतपछि अहिले भने विमानस्थल सञ्चालनमा आएको प्रवक्ता झाले बताए। ‘१२:४८ बजेदेखि धावनमार्ग सुचारु भयो,’ विमानस्थलस्थित टर्मिनल कार्यालयले भन्यो,‘झन्डै एक घण्टा खाल्डो मर्मत गर्न उडान अवतरण रोकिए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।