काठमाडौं– जनकपुरधामका मेयर मनोजकुमार साह कैलाश सिरोहियाको पक्षमा धर्नामा उत्रिएका छन्। मेयर मनोजकुमार साहले जिल्ला अदालत धनुषा अगाडि सिरोहियाको पक्षमा धर्नामा बसेका हुन्।
उनले आफूसँगै केही स्थानीयलाई पनि धर्नामा बसालेका छन्। उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई साधारण तारेखमा छाड्न माग गरेका छन्।
नागरिकता नम्बरमा फरक हुनु जिल्ला प्रशासनको त्रुटिरहेको दाबी गर्दै यसमा सिरोहियाको कुनै दोष नभएको बताए। साथै सिरोहिया नेपाली नागरिक रहेको उनको दाबी छ।
साथै उनले राज्यले जनकपुरधाम र मधेशसँग विभेद गरिरहेको आरोप पनि लगाए। उनले राज्यले विभेदपूर्ण सिरोहियामाथि ढंगले चलाएको मुद्दा खारेज गर्नुपर्ने माग पनि गरे।
नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो। आज पुनः म्याद थप्न प्रहरीले उनलाई अदालत ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।