काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणका खेल सकिएका छन्। क्वालिफायर खेल मंगलबार हैदरावाद र कोलकाताबीच हुने भएको छ।
अन्तिम खेलको नतिजाले लिग चरणमा दोस्रो र तेस्रो हुने टोलीको टुंगो लागेको हो। आइतबार रातिको लिग चरणको अन्तिम खेल वर्षाका कारण हुन नसकेपछि कोलकाता नाइट राइडर्स् र राजस्थान रोयल्सले अंक बाँडेका थिए।
योसँगै कोलकाता लिगको शीर्ष स्थानमा रहेको छ। कोलकाताले १४ खेलमा ९ जित र २ बराबरी गर्दै २० अंक प्राप्त गरेको छ। भने दोस्रो स्थानमा रहेको हैदरावाद १४ खेलमा ८ जित र १ बराबरी खेल्दै १७ अंकका साथ दोस्रो नम्बरमा छ।
यस्तै तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स पनि १४ खेलमा ८ जित र १ बराबरीका साथ १७ अंक प्राप्त गर्दै तेस्रो स्थानमा छ। रोयल च्यालेन्जर बैंगलुरु भने १४ खेलमा ७ जित हासिल गर्दै १४ अंक प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।
तेस्रो भएको राजस्थानले चौथो हुँदै प्लेअफमा पुगेको बेंगलुरुसँग एलिमिनेटर खेल्नेछ। एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।