काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रमले सुधारको बिउ रोपेको दाबी गरेका छन्। मंगलबार सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै वाग्लेले यस्तो दाबी गरेका हुन्।
उनले नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी आएको समेत बताए। उनले भने, ‘दर्जनौं क्रमिक सुधारका बिउ यस पटक रोपिएको छ। बजेटसँग लिंकेज हुने सम्भावना ह्वात्तै बढ्यो,’ उनले भने,‘बजेट आइसकेपछि कार्यान्वयनमा जाने पनि सम्भावना बढेको छ।’
पहिले ठूला कुरा गर्ने तर त्यस अनुसारको बजेट नआउँदा पहिले-पहिले तादाम्यता नमिलेको उनले बताए। १५ जेठमा आउने बजेटबाट नीति तथा कार्यक्रम कार्यान्वयन हुने ढोका खोल्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।