काठमाडौं- डेटा हब प्रालि यस वर्षको राष्ट्रिय आईसीटी अवार्डबाट सम्मानित भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आईसीटी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्राइभेट सेक्टरतर्फ डेटा हबलाई सम्मान गरेको हो।
डेटा हबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ। यो कम्पनी देशको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक पनि हो। निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा कम्पनी स्थापना भएको थियो। यसको बुटवलमा डिजास्टर रिकभरी साइट पनि छ।
विगत एक दशकभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्था, एनजीओ, आईएनजीओ, आईसीटी कम्पनी, ई–कमर्स, टेलिकम, हस्पिटल, फिनटेक, स्टार्टअप लगायत ७ सयभन्दा बढी साना तथा ठूला व्यवसायलाई कम्पनीले सेवा उपलब्ध गराउँदै आइरहेको छ।
कम्पनीले गुगल, फेसबुक, अकामाई जस्ता विश्व प्रशिद्ध संस्थालाई पनि नेपालको लागि सुविधा प्रदान गर्दै आएको छ। क्लाउड सर्भिसको लागि अन्तराष्ट्रिय स्टान्डर्डको सेल्फ सर्भिस पोर्टल यती क्लाउड पनि सञ्चालनमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।