काठमाडौं-जारी इन्डियन प्रिमियर लिग-आइपीएलअन्तर्गत गए राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ ।
दिल्लीले दिएको १५४ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो ।
यो जितपछि कोलकाताको ९ खेलमा ६ जित तथा ३ हारसहित १२ अंक भएको छ । कोलकाता तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
दिल्लीको भने जारी सिजनमा छैटौं हार हो । ११ खेलमा ५ जित तथा ६ हारसहित दिल्ली १० अंकसहित छैटौं स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।