काठमाडौँ- नेपाली क्रिकेटर कुशल भुर्तेल केटीएम कन्सल्टिङ ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्रिकेटर भुर्तेललाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको हो।
कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुसी लागेको बताए। उनले आगामी टी-२० विश्वपकप खेल्नका लागि आफू उत्साहित रहेको प्रतिक्रिया दिए।
केटीएम कन्सल्टिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ। सोही क्रममा भुर्तेल ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका हुन्।
कन्सलटेन्सी र भुर्तेलबीच सोमबार एक वर्षका लागि ब्राण्ड एम्बास्डरमा सम्झौता भएको हो। भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन्। नेपालको तर्फबाट उनले ओपनिङ ब्याटिङ गर्दै आएका छन्।
केटीएम कन्सलटिङ ग्रुपका नेपालमा काठमाडौं, हेटौँडा, बुटवल, चितवन, बनेपा, इटहरी, पोखरा, दाङ र सर्लाहीमा ब्रान्च रहेका छन्। साउथ एसियामा भुटान, बंगलादेश, श्रीलंकामा पनि ब्रान्चहरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।