काठमाडौं– वेस्टइन्डिजविरुद्ध नेपालको लगातार चार विकेट पतन भएको छ।
कुशल भुर्तेलपछि अनिल शाह, लोकेश बम र कुशल मल्ल गरी चार जना आउट भएका छन्। तेस्रो विकेटका रुपमा ओपनर बमलाई गुमाएको नेपालले कुशल मल्ललाई पनि शून्य रनमै गुमाएको हो।
पहिलो पावर प्ले मै नेपालले दबाबमा खेल्दै चार विकेट गुमाएको हो। यतिबेला नेपालले छ ओभरको समाप्तिमा चार विकेट गुमाउँदै मात्र २८ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।