काठमाडौं– नेपाली राष्ट्रिय टोली र वेस्टइन्डिज ‘ए’ विरुद्धको दोस्रो टी–२० खेलमा नेपाले १६१ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट बनाउँदै १६० रन बनायो।
वेस्टइन्डिज ‘ए’ का लागि आन्द्रे फेत्चरले सर्वाधिक ४३ रन बनाए भने गुदाकेस मोतीले मात्र ८ बलमा नटआउट ३३ रन जोडे। यस्तै कप्तान रोस्टन जेजले २३ रन बनाउँदा जोनशन चार्ल्सले ११, म्याथ्यू फोर्डले ११ र केसी कार्थीले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई/दुई विकेट लिए। चार/चार ओभर बलिङ गरेका भुर्तेल र ढकालले क्रमश: २२ र १९ रन खर्चिए।
यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले पनि एक/एक विकेट लिए। आकाश चन्द भने ३ ओभरमा ३९ रन खर्चिएर महँगो सावित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।