काठमाडौं– नेपाली राष्ट्रिय टोली र वेस्टइन्डिज ‘ए’ विरुद्धको दोस्रो टी–२० खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ।
नेपालका लागि कुशल भुर्तेलले तेस्रो विकेट दिएका हुन्। १०औं ओभरको अन्तिम बलमा उनले वेस्टइन्डिजका कप्तान रोस्टन चेजलाई बोल्ड आउट गरेका हुन्।
शनिबारको खेलमा सर्वाधिक ७४ रन बनाएका कप्तान चेजले आज जम्मा २२ बलमा २३ रन मात्र जोड्न सके।
पहिलो खेलमा आक्रामक सुरुवात गरेका वेस्टइन्डिजका ब्याट्सम्यान दोस्रो खेलमा नेपाली स्पिनरसामु दबाबमा देखिएका छन्।
१० ओभरको समाप्तिमा वेस्टइन्डिज ‘ए’ले ३ विकेटको क्षतिमा जम्मा ६४ रन मात्र बनाएको छ। यसअघि सागर ढकालले दुई विकेट लिएका थिए।
तेस्रो ओभरको दोस्रो बलमा वेस्टइन्डिजका ओपनर एलिक अथानाजको विकेट लिए। ६ रन बनाएका एलिकलाई उनले कुशल मल्लबाट क्याच आउट गराए।
यस्तै अर्का ओपनर जोनशन चार्ल्सलाई पनि उनले पाँचौं बलमा बोल्ड आउट गरे। आउट हुनुअघि चार्ल्सले ११ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।