काठमाडौं– नेपाली राष्ट्रिय टोली र वेस्टइन्डिज ‘ए’ विरुद्धको दोस्रो टी–२० खेलमा नेपाललाई एकै ओभरमा दुई विकेट मिलेको छ।
नेपालका लागि सागर ढकालले दुई विकेट लिएका हुन्। लेग स्पिनर ढकालले दुवै विकेट एकै ओभरमा लिएका हुन्।
तेस्रो ओभरको दोस्रो बलमा वेस्टइन्डिजका ओपनर एलिक अथानाजको विकेट लिए। ६ रन बनाएका एलिकलाई उनले कुशल मल्लबाट क्याच आउट गराए।
यस्तै अर्का ओपनर जोनशन चार्ल्सलाई पनि उनले पाँचौं बलमा बोल्ड आउट गरे। आउट हुनुअघि चार्ल्सले ११ रन बनाएका थिए।
पहिला टस जित्दै ब्याटिङ रोजेको वेस्टइन्डिज ‘ए’ले तीन ओभरमा नै दुई विकेट गुमाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।