काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली र नेपाल भ्रमणमा रहेको वेस्टइन्डिज ‘ए’बीचको टी–२० श्रृंखला अन्तर्गत आइतबार हुने दोस्रो खेलमा पनि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
केही बेरअघि भएको टसमा वेस्टइन्डिजले जित्दै पहिले ब्याटिङ गर्ने र नेपाललाई फिल्डिङको निम्तो दिएको हो। पाँच खेलको श्रृंखला अन्तर्गत आज हुने खेल दोस्रो हो।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०४ रन बनाएको थियो।
२०५ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा २ बल बाँकी रहँदै भेट्यायो र जित निकाल्यो। वेस्टइन्डिजको ’ए’ टिम भनिए पनि अधिकांश राष्ट्रिय टिम र विश्वकपसमेत खेलका खेलाडीहरु समावेश छन्।
नेपालको टीममा लोकेश बम, सागर ढकाल, आकाश चन्द र आरिफ शेखले अवसर पाएका छन्। भने सोमपाल कामी टीममा फर्किएका छन्।
नेपाली टीमः लोकेश बम, अनिलकुमार शाह, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द्र, कुशल भुर्तेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।