काठमाडौं- नेपाल र वेस्टइन्डिजको 'ए' बीचको टी-ट्वेन्टी सिरिजको दोस्रो खेल आज टीयू क्रिकेट मैदानमा मध्याह्न सवा १२ बाट सुरु हुँदैछ ।
हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । वेस्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर २ सय ६ बनाउँदै पूरा गरेको थियो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले १ सय १२ रनको शतकीय पारी खेले ।
रोहित पौडेको कप्तानीमा रहेको नेपाली टिमममा २० जना खेलाडी छन् । नेपालको टिममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, अनिल साह, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, ललित राजवंशी, आरिफ शेख र आकश चन्द छन् । यस्तै टिममा लोकेश बम, कमल सिंह ऐरी, सागर ढकाल र विनोद भण्डारी पनि छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।