काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिम र वेस्टइन्डिज ‘ए’ विरुद्धको श्रृंखलाअन्तर्गत नेपालका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पौडेलले मात्र ४६ बलको सामना गर्दै शतक प्रहार गरेका हुन्।
उनले शतक प्रहार गर्ने क्रममा १० चौका र पाँच छक्का प्रहार गरे। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले वेस्टइन्डिज ए विरुद्ध २०५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको छ। जहाँ नेपालले पाँच विकेट गुमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।