काठमाडौं– आजदेखि सुरु भएको नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’को तेस्रो विकेट पतन भएको छ।
आक्रामक ब्याटिङ गर्दै मात्र २५ बलमा ४७ रन बनाएका एलिक अथनाज तस्रो विकेटका रुपमा आउट भएका हुन्। उनलाई नेपालका कप्तान रोहित पौडेलले ललित नारायण राजवंशीबाट क्याचआउट गराए।
पहिलो विकेट नेपालका लागि कमलसिंह ऐरीले दिलाएका थिए। जोनशन चार्ल्सलाई शून्य रनमै उनले बोल्ड आउट गरेका थिए।।
यस्तै आन्द्रे फ्लितचर भने दोस्रो विकेटका रुपमा रनआउट भएका थिए। रोहित पौडेलको थ्रोमा विकेट किपर अनिल साहले रनआउट गरेका थिए।
टियु अन्तर्राष्ट्रिय क्रिकेम मैदानमा नेपालले टस जित्दै वेस्टइन्डिजलाई ब्याटिङको निम्तो दिएको हो। विश्वकपको तयारीका लागि खेलिन लागिएको सिरिज पाँच खेलको हुनेछ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र वेष्ट इन्डिजको ‘ए’ टोलीबीच पाँच खेल सम्मेलित टी–२० शृङ्खला आजदेखि सुरु भएको हो। वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।