काठमाडौं– एसीसी मेन्स प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले हङकङको दुई विकेट हात पारेको छ।
नेपालले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा हङकङले दुई विकेट गुमाएको हो। नेपालका लागि हङकङको दुवै विकेट सोमपाल कामीले लिएका हुन्।
ओपनर यासिम मुर्तजालाई कामीले सन्दीप जोराबाट क्याचआउट गराए। यस्तो दोस्रो विकेटका रुपमा कप्तान निजाकत खानलाई सोमपालले विकेट किपर आशिफ शेखबाट क्याचआउट गराएका हुन्।
यतिबेला हङकङका लागि क्रिजमा अन्सुमन रथ र बाबर हयात रहेका छन्। पाँच ओभरको समाप्तिमा हङकङले दुई विकेट गुमाएर २६ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।