काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता सहकार्यबाट जनतामा अलिकति भए पनि आधा र भरोसा पुनर्जागृत भएको दाबी गरेका छन्।
ललितपुरमा गोदावरीस्थित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले राष्ट्रिय राजनीतिमा पनि एमालेको भूमिका पुनः एकपटक स्थापित भएको बताएका छन्।
'२०८० फागुन २१ गते नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एस सम्मिलित नयाँ सरकार बनेर नयाँ सत्ता सहकार्य सुरु भएको छ', प्रतिवेदनमा ओलीले भनेका छन्, 'यससँगै मुलुकको राजनीति केही हदसम्म अनुकूल बनेको छ।'
सत्ता सहकार्य निर्माण गरिरहँदा आफ्नो पार्टीले आफ्नो कुनै स्वार्थलाई केन्द्रमा नराखेको ओलीको भनाइ छ। 'देशको स्वार्थ नै हाम्रो पार्टीको पनि स्वार्थ हो', राजनीतिक प्रतिवेदनमा उल्लेख छ, 'यससँग हाम्रा निश्चित अपेक्षा र प्राथमिकता जोडिएका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।