काठमाडौं– नेपालका ओपनर कुशल भुर्तेल र आशिफ सेख पछिल्ला तीन खेलमा असफल देखिएका छन्। जसको प्रभाव नेपालले महत्त्वपूर्ण खेलमा नतिजा विपक्षी टिमलाई बुझाउनु परेको छ।
ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँगमा पनि नेपालको ओपनिङ राम्रो हुन सकेन। ओपनर कुशल भुर्तेल शून्यमा आउट भए भने शेख पनि ५ रन बनाएर आउट भए।
तीव्र गतिका बलर आयुश शुक्लाको बलमा एज लागेर कुशल जिशान अलीबाट क्याच आउट भए भने शेख उनकै बलमा ठूलो सर्ट खेल्ने धुनमा खराब सट खेलेर आउट भए। कुशल पहिलो सेमिफाइनल खेलमा शुक्रबार युएईसँग पनि शून्यमै आउट भएका थिए। उक्त खेलमा जुनैद सिद्दिकीको इनिङको पहिलो बलमै विकेटकिपरबाट क्याच आउट भएका थिए।
दुवै खेलमा कुशल गुड लेन्थको रोक्न खोज्दा एज लागेर आउट भएका हुन्। यसअघि समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पनि उनी शून्यमै आउट भएका थिए।
नेपालका आसिफ शेख पनि लगातार दोहोरो अंक बनाउनबाट चुकिरहेका छन्। सेखले साउदी अरब विरुद्ध २ र युएई विरुद्ध ८ रन बनाएरआउट भएका थिए। ओपनिङ शुरुवात राम्रो हुन नसक्दा नेपालका अन्य ब्याटरहरु दबाबमा आउने अनि लगातार विकेट गुमाउने हुँदै आएको छ।
तेस्रोका लागि भएको खेलमा पनि हङकङले यही रणनीति अनुसार शुरुवातमै नेपालको तीन महत्वपूर्ण विकेट लिन सफल भयो। सन्दीप जोरा र रोहित पौडेलबीच राम्रो साझेदारी भए पनि पौडेल पनि २१ रन बनाएर चौथो विकेटका रुपमा पेभिलियन फर्किए।
नेपाल युएईसँग ६ विकेट तथा हङकङलाई ओमानसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थिए। फाइनल पुगेका ओमान र युएई स्वत: इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।