काठमाडौँ- एसीसी प्रिमियर कपको सेमिफाइल खेलमा नेपालले चौथो विकेट गुमाएको छ। नेपालले कुशल मल्ललाई पनि सस्तैमा गुमाएको छ।
नेपालका विग हिटर भनेर चिनिएका मल्ल ५ बलमा ३ रन बनाएर आउट भएका छन्। यसअघि कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका थिए। नेपालले आजको खेलमा दुवै ओपनरहरु कुशल भुर्तेल र आसिफ शेख दुवैलाई गुमाएको थियो।
कुशल पहिलो बलमै आउट भएका थिए भने आशिफ ८ रन बनाएर आउट भए। उनले एक छक्का मात्र प्रहार गरे।
टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपाल फाइलन जितेर एसिया कप खेल्ने दाउमा छ भने यूएई पनि सोही रणनीतिमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।