काठमाडौँ- एसीसी प्रिमयर कप अन्तर्गत जारी खेलमा नेपालले आफ्ना दुई ओपनिङ ब्याट्सम्यानलाई गुमाएको छ। नेपालका कुशल भुर्तेल र आशिफ शेख सस्तैमा आउट भएका छन्।
ओपनर कुशल भुर्तेल डक आउट भएका छन् भने आशिफ ११ बल खेल्दै ८ रन बनाएर बाहिरिए। उनलाई उमिद शफी रहमानले एलबीडब्लु धरापमा पारे।
भुर्तेल भने पहिलो बलमै विकेट किपरद्वारा समातिए। अहिले सन्दीप जोरा मैदानमा आएका छन्। यतिबेला कप्तान रोहित पौडेल र जोराले खेलिरहेका छन्।
नेपालले ४ ओभरमा ३ रन बनाउँदै २ विकेट गुमाएको छ। यूएईले भने राम्रो सुरुवात गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।