काठमाडौँ- एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन्। खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ।
यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन्। नेपालले पहिलो ब्याटिङ गर्नेछ।
नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ। साउदी अरबविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन्।
नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।