काठमाडौं-जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलामा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई ९ रनले हराएको छ । मुम्बईले दिएको १९३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन मात्रै बनायो ।
पञ्जाबका लागि आशुतोष शर्माले सर्वाधिक ६१ रन बनाए । यस्तै शशांक सिंहले ४१, हरप्रित बरारले २१ र हरप्रित सिंहले १३ रन बनाए । मुम्बईका जेराल्ड कोएत्जी र जसप्रित बुमराहले समान ३-३ विकेट लिए । आकाश माधवाल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले समान १-१ विकेट लिए ।
पहिलो इनिङमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । मुम्बईका सूर्यकुमारले सर्वाधिक ७८ रन बनाए । रोहित शर्माले ३६, तिलक बर्माले ३४, टिम डेभिडले १४ र कप्तान हार्दिक पाण्ड्याले १० रन बनाए ।
पञ्जाबका हर्षल पटेलले ३, सैम करनले २ र कागिसो रबाडाले १ विकेट लिए । आज राति लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स भिड्दै छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।