• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

एसीसी प्रिमियर कप सेमिफाइल : नेपाल र युएई आमनेसामने, यस्ताे छ हेड टु हेड 

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ७, २०८१  ०६:५८
1140x725

काठमाडाै- एशोसियट क्रिकेटमा  पछिल्लाे समयका चिर-परिचित प्रतिस्पर्धी  नेपाल र यूएई  फेरि आमनेसामने हुने भएका छन् । ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा आज (शुक्रबार) नेपाल र यूएई भिड्न लागेका हुन्। 

एशोसियट राष्ट्रको बादशाह नेपाल र यूएई चिर प्रतिद्वन्द्वी टोली हुन्। यी दुई टोलीलाई एक अर्काको सबल र कमजोर पक्ष राम्रोसँग जानकारी  छ।  त्यसैले दुवै टोली रणनीतिक रुपमा बलियो भएर आजको खेलमा मैदान उत्रनेछन्। टी-२० होस् वा एक दिवसीय,  दुई टोलीको खेल क्रिकेट समर्थकका लागि बहुप्रतिक्षित खेल हो।  

ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ। युएईलाई हराउँदै फाइनलको यात्रा तय गर्नुका साथै सन् २०२२ मा भोगेको हारको बदला लिने अवसरसमेत नेपाली टोलीलाई छ।    

सन् २०२२ को फेब्रुअरीमा यही मैदानमा भएको आईसीसी टी-२० विश्वकप छनोटमा युएईसँग पराजित हुँदै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो। सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा रहेको नेपाली टोलीको बाटोमा युएई बाधक बन्न पुगेकाे थियाे।  

 टी–२० क्रिकेटमा नेपाल र युएईबीचको भेट पाँच महिनापछि हुन लागेको हो । यी दुई टोली पछिल्लो पटक गत मंसिरमा घरेलु मैदानमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा भेट भएका थिए। माथिल्लो मुलपानी मैदानमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले पराजित गर्दै १० वर्षपछि विश्वकपको ढोका खोलेको थियो। 

नेपालले घरेलु मैदानमा नै युएईलाई रोक्दै विश्वकपको ढोका त खोल्यो तर २०२२ को हारको बदला यही मैदानमा लिने उत्कृष्ट अवसर समेत छ।

युएई भने आजको खेलमा ५ महिना अघिको हारको बदला लिर्दै प्रिमियर कपको फाइनलमा पुग्न चाहन्छ। तर नेपाली टोली भने आफ्नो लयलाई कायम राख्दै अपराजित रहेर फाइनल खेल्ने दाउमा छ। 

प्रिमियर कपको समूह ए मा रहेको नेपाल अपराजित रहेर सेमिफाइनल खेल्न लागेको हो। युएई भने समुह बी को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालले समुह चरणका चार खेलमा चार जित निकालेको हो। युएई भने समुह चरणमा ओमानसँग मात्र हार व्यहोरेको थियो। 

आजै हुने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता ओमानले समूह ए को उपविजेता हङकङसँग खेल्नेछ। सो खेल सवा ४ बजे सुरु हुनेछ।  प्रिमियर कपको विजेताले टी २० एसिया कपमा स्थान बनाउनेछन्। एसिया कपमा पुग्ने टोलीले भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछन्। 

हेड टु हेड
टी– २० क्रिकेटमा नेपाल र युएई अहिलेसम्म ९ पटक भेट भएका छन्। ती भेटमा युएईविरुद्ध नेपाल हावी देखिएको छ। नेपालले ५ खेलमा जित निकाल्दा युएईले भने चार खेलको नतिजा आफ्नो पक्षमा पारेको छ। पछिल्ला ५ भेटलाई हेर्ने हो भने नेपालले ३ खेलमा जित निकालेको छ। युएईले भने दुई खेलमा मात्र विजयी भएको छ। 

नेपालको टोली 
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी र अभिनाश बोहरा।

Xtrem

Xtrem

यूएईको टोली
मोहम्मद वासिम (कप्तान)  आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार
सम्बन्धित सामग्री
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको हो  । शुक्रबार, असोज ९, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता ‘कर्णाली प्रिमियर लिग (केपीएल)’ नाम दिइएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गर्न लागेको हो। उच्च उचाइमा रहेको मैदानमा देशभरक... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्