काठमाडौं-एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज साउदी अरेबियाको सामना गर्दै छ । ्प्रतियोगितामा नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रन तथा तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । प्रतियोगिताको प्रवल दावेदार नेपालविरुद्ध साउदी अरबियाले पहिलो पटक टी-२० आई खेल्न लागेको हो ।
आज नेपाललाई फराकिलो अन्तरलले पराजित गरे ४ अंकसहित साउदी अरेबिया अन्तिम चारमा जाने सम्भावना जीवितै छ । तर यस समूहमा कतार हङकङ र मलेसिया समेतले ४ अंक ल्याउने सम्भावना छ। त्यस कारण समूह उपविजेताका रुपमा अघि बढ्ने टोलीको टुङ्गो हङकङ र मलेसियाबीचको खेलको नतिजापछि मात्र लाग्ने छ । यस ममूहका खेलहरु पौने १२ बजे सुरु हुने छन् । समूह बीमा आज कम्बोडिया र युएई तथा ओमान र कुवेतले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।