काठमाडौँ- नेपाली ओपनिङ ब्याटर आशिफ शेखले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन्। ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङकङ विरुद्धको खेलमा ४० रन हान्दै उनले एक हजार रन पूरा गरेका हुन्।
यसअघि उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४० खेल खेल्दै कुल ९ सय ६८ रन बनाएका थिए। सोमबारको खेलअघि उनलाई हजार रन पूरा गर्न केवल ३२ रन आवश्यक थियो।
२२ वर्षीय आसिफ शेखले टी–२० अन्तर्राष्ट्रियमा पाँच वटा अर्धशतक पनि प्रहार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।