काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ। नेपालका करन केसीले दोस्रो ओभरको पहिलो बलमा हङकङका मार्टिन कोट्जेलाई आउट गरेका छन्।
नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घटाइएको छ। खेल १८/१८ ओभरको हुनेछ।
खेल मध्याह्न ११:४५ मा ओमानस्थित अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा सुरु हुने तालिका थियो। तर वर्षाको कारण ढिलो भएको हो।
नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।