काठमाडौं– एसीसी प्रिमियर कप अन्तर्गत नेपालले दोस्रो खेलमा कतारलाई नेपालले ३२ रनले पराजित गरेको छ।
नेपालले दिएको २११ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा कतार निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रनमै समेटियो।
कतारका लागि मोहम्मद तनवीरले सर्वाधिक ६३ रन बनाए भने महम्मद हनाफले २३, हिमान्छु राथोडले २२, अनदान मिर्जाले १९, कमरन खानले १८ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कतारलाई सस्तैमा समेट्न नेपालका तर्फबाट ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी र गुल्शन झाले दुई/दुई विकेट लिए। यस्तै कुशल मल्ल र अभिनाश बोहोराले एक/एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो। नेपालका लागि ओपनर आशिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे।
आशिफले ४१ बलमा ६ चौकाको मद्दतले अर्धशतक प्रहार गरे। उनले जम्मा ५२ रन बनाएका हुन्। यस्तै दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा नटआउट ६४ रन बनाए।
यस्तै कुशल मल्लले ३५ रन जोड्दा रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले ७, गल्शन झा र विवेक यादवले ५/५ रन बनाए।
यता कतारका लागि हिमान्सु राथोड र मुसवार शाहले ३/३ विकेट लिँदा अमिर फारुकले एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।