काठमाडौं– एसीसी प्रिमियर कप अन्तर्गत नेपालले दोस्रो खेलमा कतारलाई २११ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो। नेपालका लागि ओपनर आशिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे।
आशिफले ४१ बलमा ६ चौकाको मद्दतले अर्धशतक प्रहार गरे। उनले जम्मा ५२ रन बनाएका हुन्। यस्तै दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा नटआउट ६४ रन बनाए।
यस्तै कुशल मल्लले ३५ रन जोड्दा रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले ७, गल्शन झा र विवेक यादवले ५/५ रन बनाए।
यता कतारका लागि हिमान्सु राथोड र मुसवार शाहले ३/३ विकेट लिँदा अमिर फारुकले एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।