काठमाडौं– एसीसी प्रिमियर कप अन्तर्गत दोस्रो खेलमा कतारविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालको दोस्रो विकेट पतन भएको छ।
दोस्रो विकेटका रुपमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएको हो। रोहितले आउट हुनुअघि १८ रन जोडे। यस्तै पहिले विकेका रुपमा ओपनर कुशल भुर्तेल आउट भएका थिए। उनले ११ बलको सामना गर्दै जम्मा १२ रन मात्र जोडे।
टस जित्दै नेपालले ब्याटिङ रोजेको हो। शुक्रबारदेखि ओमानमा सुरु भएको कप अन्तर्गत आज नेपालले कतारसँग खेलिरहेको हो।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।