काठमाडौं– एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।
ओमानमा जारी प्रिमियर कपमा नेपालविरुद्ध मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।
एसीसी प्रिमियर कप आजदेखि ओमानमा सुरु भएको हो। १० वटा एसोशियट राष्ट्र सहभागी प्रतियोगिताको विजेता टोलीले आगामी २०२५ मा हुने एसिया कपमा छनोट हुनेछ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।