काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति भएको खेलमा लखनउ सुपरजायन्ट्सले गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ। खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १ सय ३० रनमा समेटिएको थियो।
लखनउको जितका लागि बलर यश ठाकुर र क्रुनाल पाण्ड्याको महत्वपूर्ण योगदान रह्यो। ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर ५ विकेट लिए। उनलाई पाण्ड्याले ४ ओभरमा मात्र ११ रन खर्चँदै ३ विकेट लिएर राम्रो साथ दिए।
गुजरातका लागि साइ सुदर्शनले ३१ रन तथा राहुल तेवाटियाले ३० रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन्। कप्तान शुभमन गिलले १९ तथा विजय शंकरले १७ रन बनाए। दर्शन नलकन्डेले १२ रन बनाउँदा अन्यले दोहोरो अङ्क नै छुन सकेनन्।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले मार्कस स्टोइनिसको अर्धशतकको मद्दतले निर्धातिर २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो। स्टोइनिसले ४३ बलमा ४ चौका र २ छक्का हिर्काए।
उनलाई कप्तान केएल राहुलले ३३ रन तथा निकोलस पुरनले ३२ रन बनाउँदै साथ दिए। आयुश बडोनीले ११ बलमा २० रनको योगदान दिए। गुजरातका लागि उमेश यादव र दर्शन नलकन्डेले २–२ विकेट लिए।
४ खेलमा गुजारतको तेस्रो जीत हो। टोली ६ अङ्कसहित तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।