काठमाडौं– भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातलाई नेपालले १७७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
नेपालका लागि सर्वाधिक कप्तान रोहित पौडेलले विस्फोटक पारी खेल्दै ७४ रन बनाए। उनले मात्र ४७ बलमा ७४ रन बनाएका हुन्।
यस्तै ओपनर आशिफ शेखले ३४ बलमा ३४ रन नै बनाए। त्यसपछि कुशल मल्लले १३ बलमा नटआउट ३१ रन जोडे भने ओपनर कुशल भुर्तेलले १९ रन बनाए। दिपेन्द्र सिंह ऐरीले ७ रन बनाउँदा सन्दीप जोराले नटआउट ७ रन बनाए।
आजको खेल जितेमा नेपालले उपाधि जित्ने छ। नेपालले पछिल्लो खेलमा चार परिवर्तन गरेको छ। नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन्।
आज तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जि.सी, ललित राजवंशी र अनिल शाहलाई बेन्चमा राखिएको छ। नेपाल एक खेलमात्र पराजित भएको छ।सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो।
अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो। उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, रोहित पौडेल (कप्तान), गुलशन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख र अभिनाश बोहरा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।