काठमाडौं– भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
यो फाइलन हो। आजको खेल जितेमा नेपालले उपाधि जित्ने छ। नेपालले पछिल्लो खेलमा चार परिवर्तन गरेको छ। नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन्।
आज तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जि.सी, ललित राजवंशी र अनिल शाहलाई बेन्चमा राखिएको छ। नेपाल एक खेलमात्र पराजित भएको छ।सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो।
अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो। उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, रोहित पौडेल (कप्तान), गुलशन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख र अभिनाश बोहरा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।