काठमाडौं- नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको अन्तिम खेल बुधबार हुँदैछ। खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
यसअघि भएका दुवै खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ। नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको हो।
नेपालको दुई वटै पराजयमा ब्याटरको प्रदर्शन कमजोर देखिएको छ। आजको खेल जित्नका लागि नेपाली टोलीले ब्याटिङ लाइन सुधार्नुपर्ने देखिन्छ।
आजको खेल जितेर आयरल्यान्ड प्रतियोगिता क्लिनस्विप गर्न चाहन्छ भने नेपाल सान्त्वना जित निकाल्न चाहन्छ।
आजको खेल जित्न नेपाली सिनियर टोलीका भीम सार्की, आरिफ शेख, अर्जुन साउद र देव खनालमा निर्भर रहन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।